दार्चुला, कार्तिक २३ । दार्चुलाको शैल्यशिखरबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर बजारबाट ९ सय मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित शुक्रबार बिहान प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नौगाड गाउँपालिका-५ बस्ने १९ वर्षीय विरेन्द्र सिंह धामी र सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय लोकेन्द्र सिंह ठगुन्ना रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट गोकुलेश्वरबाट खटिएको प्रहरीले बैतडीबाट गोकुलेश्वर दार्चुलातर्फ आउँदै गरेको ग.३ च ३३५१ नम्बरको बोलेरो जिपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ जिपमा सवार विरेन्द्र र जिपका चालक लोकेन्द्रलाई पक्राउ परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



