धनगढी, कार्तिक २३ । धनगढीक ट्राफिक चोराहाबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
कैलाली प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहाबाट भन्सार छलीका सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याएको अन्दाजी ४० हजार ५०० मुल्य बराबरको खाद्य सामग्री, किरानाका सामान, तथा कपडा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।



