उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन

भर्खरै

काठमाडौ, कार्तिक २३ । उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व समापन भएको छ । यस पर्वको चौथो दिन आज बिहान देशका विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ सम्पन्न भएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए ।

पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।