धनगढी, कार्तिक ८ । दिपावलीको अवसरमा शिवपुरी युवा क्लवको आयोजनामा बिहीबारदेखि धनगढीमा चौथो खुल्ला फुटसल प्रतियोगिता सुरू भएको छ ।
चटकपुरस्थित डल्लु फुटसलमा आयोजित प्रतियोगिताको नेबिसंघ कैलाली जिल्ला अध्यक्ष मनिष कुँवरले उद्घाटन गरे ।
प्रतियोगितामा १२ टीमको सहभागिता रहेको प्रतियोगिता संयोजक रोहित भट्टले जानकारी दिए । प्रतियोगितामा उद्घाटन खेल शिवपुरी युवा क्लव र बुढा बाघबीच भएको छ ।




