टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिकको पहिचान खुल्यो

भर्खरै

काठमाण्डौं, २० चैत/काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक फेला परेका छन् । प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको हो ।
प्रहरीका अुनसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको छ ।