धनगढी, ११ चैत/कञ्चनपुर प्रहरीले कागजात नभएका १९ थान मोटरसाइलसहित भन्सार छलीका साढे १९ लाख बढी मूल्यको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार इलाका प्रहरी कार्यालय बेलडाडीले १० लाख ४५ हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकीले ८ लाख ५५ हजार २ सय, प्रहरी चौकी फटैयाले २७ हजार २ सय र अस्थायी प्रहरी पोष्ट मझगाउँले २५ हजार गरेर १९ लाख ५२ हजार ४ सय मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको सामानमा कागजात नभएका १९ थान मोटरसाईकल तथा बिभिन्न कम्पनीका मोबाइलका डिस्प्ले, चार्जर, पाट्सका साथै साडी लगायत रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।



