सिमली जङ्गलमा बसिरहेका विदेशी नागरिक फर्किन अटेर ! के हो -याम्बो परिवार भेला ?

भर्खरै

धनगढी, ११ चैत/चैत्र तेश्रो सातादेखि कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा बसिरहेका विदेशी नागरिकहरुलाई २४ घण्टाभित्र फर्किन स्थानीय प्रशासनले निर्देशन दिए पनि उनीहरुले अटेर गरेका छन् । सामूहिक रुपमा जंगलमा बस्दै आएकाहरुमध्ये केही फर्किए पनि अझै करिब ६० जना त्यहीँ बसिरहेका छन् । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले गत विहीबार उनीहरुलाई भेटेर २४ घण्टाभित्र जंगल छाड्न निर्देशन दिएका थिए । निर्देशनपछि केही फर्किएका र केही अझै त्यहीँ बसिरहेका प्रजिअ हमालले बताए । ‘अझै करिब ६०÷७० जना बाँकी छन्, उनीहरु पनि बिस्तारै फर्किने क्रममा छन,’ प्रजिअ हमालले भने, ‘आज–भोलिमै फर्किन्छन् होला ।’
उनीहरु पर्यटक भिसामा नेपाल आएका थिए । प्रमुख जिल्ला अधिकारी हमालका अनुसार त्यहाँ भारत, अमेरिका, चीन, जापान लगायत ३८ देशका एक सय बढी नागरिकहरु छन् । उनीहरू त्यहाँ अर्धनग्न भएर बस्ने, खानपान, नाचगान गर्ने लगायतका गतिविधि गर्दै आएका छन् । विदेशी नागरिकहरु जंगल क्षेत्रमा बसेर ‘अस्वाभाविक’ गतिविधि गर्दै आएको सूचना पाएपछि गत बिहीबार प्रमुख जिल्ला अधिकारी हमाल उनीहरु बसेको ठाउँमै पुगेर २४ घण्टाभित्र जंगल छाड्न भनेका थिए । तर, उनीहरुले निर्देशन अटेर गरेका छन् । उनीहरु फर्किन अटेर गरे पनि बसिरहेको स्थानमा जंगल, समुदाय कसैलाई पनि प्रत्यक्ष क्षति नपुर्‍याएको भन्दै स्थानीय प्रशासनले बल पनि प्रयोग गरेको छैन । तर निगरानी भने बढाइएको प्रमुख जिल्ला अधिकारी हमालले बताए । उनीहरुले प्रकृतिमा रमाउन विभिन्न देशमा घुम्ने गरेको र त्यहीक्रममा नेपाल आएको बताएका छन् । उनीहरुले आफूलाई ‘रेन्बो फेमिली ग्यादरिङ’ समूहका सदस्य भएको ‘नेचर लभर’ भएको बताएका छन् ।


के हो -याम्बो परिवार भेला ?

इन्द्रेणी परिवार भेला (Rainbow Family Gathering) एक अनौपचारिक र गैर-व्यावसायिक सामुदायिक भेला हो जसले प्रकृतिको बीचमा स्वतन्त्रता, प्रेम, शान्ति र सामूहिक जीवनलाई प्रवर्द्धन गर्दछ । यो एक प्रकारको अस्थायी शिविर हो जहाँ सहभागीहरूले पर्यावरणमैत्री जीवनशैली अपनाउँछन् र आध्यात्मिकता, कला, संगीत र सामुदायिक सहयोगमा ध्यान केन्द्रित गर्छन् ।
इन्द्रेणी परिवार भेलाका विशेषताहरू :
गैर-व्यावसायिक र स्वतन्त्र – कुनै आधिकारिक आयोजक हुदैन; सबैजना स्वयंसेवकको रूपमा भाग लिन्छन् ।
प्राकृतिक परिवेश – यी बैठकहरू जंगल, पहाड वा दुर्गम प्राकृतिक स्थलहरूमा आयोजना गरिन्छ ।
शान्ति र आध्यात्मिकता – यो भेलाले प्रेम, शान्ति, ध्यान, योग र प्राकृतिक जीवनशैली अपनाउने कुरामा जोड दिन्छ ।
नि:शुल्क खाना र सहयोग – सहभागीहरूले आफ्ना स्रोतहरू साझा गर्छन् र खाना र सुविधाहरू नि:शुल्क प्रदान गरिन्छ ।
संस्कृति र कला – संगीत, नृत्य, कला, र आत्म-अभिव्यक्तिलाई प्रवर्द्धन गरिन्छ ।
प्रकृति संरक्षण – सहभागीहरूले ‘Leave No Trace’ को सिद्धान्त पालना गर्छन् ताकि वातावरणलाई कुनै हानि नहोस् ।
इन्द्रेणी परिवार भेलाको इतिहास :
यो १९७० को दशकमा सुरु भएको थियो, अमेरिकामा हिप्पी संस्कृति र शान्ति आन्दोलनबाट प्रेरित भएर । यो हरेक वर्ष विश्वका विभिन्न भागहरूमा फरक-फरक ठाउँमा आयोजना गरिन्छ।
को को सहभागी हुन सक्छन् ?
खुला मन र दिमागले समुदायसँग सहकार्य गर्न तयार कुनै पनि व्यक्तिले यसमा भाग लिन सक्छ। यहाँ कुनै धार्मिक वा राजनीतिक प्रतिबन्धहरू छैनन् ।
Source : #chatgpt