नेपाल प्रहरीका १६ प्राविधिक इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

भर्खरै

काठमाडौँ/नेपाल प्रहरीका विभिन्न प्राविधिक समूहअन्तर्गत कार्यरत १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार प्राविधिक प्रहरी समूहका विभिन्न उपसमूहका रिक्त पदहरूमा बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।
चिकित्सकतर्फ रिक्त ९ जना डीएसपी पदका लागि डा. अमित कुमार ठाकुर, डा. ऋतुराज बराल, डा. एलिना श्रेष्ठ, डा. प्रभाकर श्रेष्ठ, डा. रमन घिमिरे, डा. महादेव देउजा, डा. संजिव कुमार यादव, डा. सुवास चन्द्र गौतम र डा. रजनी महर्जन सिफारिस भएका छन् ।

नर्सिङतर्फ नेपाल प्रहरी अस्पताल नर्सिङ विभागमा कार्यरत प्रहरी निरीक्षक निरूषा महर्जन डीएसपी पदका लागि सिफारिस भएकी छन् ।
त्यस्तै, इन्जिनियरिङ उपसमूहअन्तर्गत सूचना प्रविधि तथा कम्प्युटरतर्फ बेचन कुमार यादव, सन्दीप कार्की, जय प्रकाश सिंह, सत्येन्द्र कुमार मिश्र र कृष्ण नाथ डीएसपी बढुवाका लागि सिफारिस भएका छन् ।
विधिविज्ञान उपसमूहतर्फ नेपाल प्रदेश प्रहरी कार्यालय, विधिविज्ञान इकाई पोखरामा कार्यरत यमलाल बस्नेतलाई पनि डीएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।