धनगढी/सुदूरपश्चिममा पहिलोपटक भव्य रूपमा रोयल इनफिल्ड बाइक राइडरहरूको ‘महाराइड’ आयोजना हुने भएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भोली बिहान धनगढीको सहिद गेटदेखि गोदावरीस्थित रमणीय सालिनी बाटीकासम्म ‘महाराइड’ हुन लागेको हो ।
धनगढीका लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता भुमी अटो हव प्रा.लि. का सञ्चालक डिल्लीराज उपाध्यायका अनुसार महाराईडमा एक सयभन्दा बढी रोयल इनफिल्ड बाइक प्रयोगकर्ताको सहभागिता रहनेछ ।
विशेष आकर्षणका रूपमा काठमाडौंदेखि मुस्ताङसम्म रोयल इनफिल्ड बाइकमा यात्रा गरेका दुई महिला राइडर पनि ‘महाराइड’ मा सहभागी हुनेछन् । विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध रोयल इनफिल्ड राइडरहरूको सहभागिताले कार्यक्रमलाई अझ विशेष बनाउने आयोजकको भनाइ छ । ‘महाराइड’ मा सहभागी राइडरहरूका लागि गोदावरीको सालिनी बाटीकामा खेलकुद तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको समेत व्यवस्था गरिएको छ । आयोजकले सबै रोयल इनफिल्ड बाइक प्रयोगकर्तालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
भोली बिहान साढे ७ बजे सहिद गेटबाट सुरु हुने महाराइडले धनगढी–गोदावरी सडकलाई रोयल इनफिल्डको गर्जनले गुञ्जाउने अपेक्षा आयोजकले गरेको छ ।



