धनगढी/निर्माण व्यवसायी संघ कैलालीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । २५ वैशाखमा सम्पन्न संघको २९औँ वार्षिक साधारण सभा तथा १२औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेठी, सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मणबहादुर स्वाँर तथा निवर्तमान जिल्ला अध्यक्ष टेकबहादुर मल्ल ले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनबाट अध्यक्षमा दिर्घराज जोशी निर्वाचित भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा विक्रम विष्ट, द्वितीय उपाध्यक्षमा डम्बर चन्द तथा महासचिवमा अमरबहादुर खड्का निर्वाचित भएका थिए ।
त्यसैगरी उप–महासचिव (निजिगत) मा योगेन्द्र चन्द, उप–महासचिव (आन्तरिक) मा सिद्धराज भट्ट, कोषाध्यक्षमा सुरेन्द्रराज भट्ट तथा सह–कोषाध्यक्षमा मणिराज भट्ट निर्विरोध निर्वाचित भएका थिए ।

महिला सदस्यमा शुभलक्ष्मी हमाल, विनोद विष्ट, शिवराज सापकोटा, टेकराज जोशी, चक्रबहादुर मल्ल, टेकबहादुर खड्का तथा रुद्रप्रसाद पन्त विजयी भएका थिए । आदिवासी/दलित/जनजाति सदस्यमा मदनकुमार बि.सी. निर्विरोध निर्वाचित भएका थिए ।
भूगोल सदस्यतर्फ धनगढी उपमहानगरपालिकाबाट दिपेन्द्र साउद, गोदावरी नगरपालिकाबाट गोकर्ण विष्ट, जोशीपुर गाउँपालिकाबाट खगेन्द्रबहादुर मौनी, गौरीगंगाबाट गणेश कडेल, घोडाघोडी नगरपालिकाबाट सुरेशबहादुर बोगटी तथा चुरे गाउँपालिकाबाट डिलबहादुर भाट विजयी भएका थिए ।

यसैगरी भजनी नगरपालिकाबाट युवराज चौधरी, जानकी गाउँपालिकाबाट प्रविणबहादुर राणा, टिकापुर नगरपालिकाबाट दीपक साउद, बर्दगोरिया गाउँपालिकाबाट नवीन कुँवर, मोहन्याल गाउँपालिकाबाट कमल बटाला, लम्कीचुहा नगरपालिकाबाट विष्णु शाही तथा कैलारी गाउँपालिकाबाट दिलीप रोका क्षेत्री निर्वाचित भएका थिए ।



