पत्रकारिता र व्यवसायमा सक्रिय जयबहादुर बुढा उद्योग वाणिज्य सङ्घ भजनीको अध्यक्षमा निर्विरोध

भर्खरै

धनगढी/पत्रकारिता र व्यापार व्यवसाय दुवै क्षेत्रमा सक्रिय जयबहादुर बुढा उद्योग वाणिज्य सङ्घ भजनीको अध्यक्षमा निर्विरोध चयन भएका छन्। शनिबार सम्पन्न वार्षिक साधारणसभाबाट बुढाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
लामो समयदेखि भजनी क्षेत्रमा व्यापार गर्दै आएका बुढाले सङ्घमा करिब ९ वर्ष सचिवको जिम्मेवारी सम्हालिसकेका छन्। नवनिर्वाचित उपाध्यक्षमा रामप्रसाद रेग्मी, सचिवमा जनकबहादुर विक, कोषाध्यक्षमा शान्ति ओझा तथा सहसचिवमा विनोद शाह चयन भएका छन्।
अध्यक्ष बुढाले व्यवसायीहरूको हकहित, लगानीमैत्री वातावरण, स्थानीय उत्पादन प्रवद्र्धन र युवाउद्यमशीलता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।