मतदानबाट महासचिवमा अमर खड्का विजयी, निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा दिर्घराज जोशी निर्विरोध

भर्खरै

धनगढी, २५ बैशाख/निर्माण व्यवसायी संघ कैलालीको २९ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट दिर्घराज जोशी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनअन्तर्गत महासचिव पदमा भएको निर्वाचनमा अमर बहादुर खड्काले ई. किरण रावललाई पराजित गर्दै विजयी भएका छन् । खड्काले २८७ मत प्राप्त गर्दा रावलले १९२ मत प्राप्त गरेका थिए । संघमा आबद्ध ५५९ मतदातामध्ये ४९९ जनाले मतदान गरेका थिए ।
निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा विक्रम विष्ट तथा द्वितीय उपाध्यक्षमा डम्बर चन्द रहेका छन् ।
त्यसैगरी, उप–महासचिव (निजिगत) मा योगेन्द्र चन्द, उप–महासचिव (आन्तरिक) मा सिद्धराज भट्ट, कोषाध्यक्षमा सुरेन्द्रराज भट्ट तथा सह–कोषाध्यक्षमा मणिराज भट्ट निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यमा शुभलक्ष्मी हमाल निर्विरोध चयन भएकी छन् ।
६ सदस्य पदका लागि भएको निर्वाचनमा विनोद विष्ट, शिवराज सापकोटा, टेकराज जोशी, चक्रबहादुर मल्ल, टेकबहादुर खड्का र रुद्रप्रसाद पन्त विजयी भएका छन् । आदिवासी/दलित/जनजाति सदस्यमा मदनकुमार बि.सी. निर्विरोध निर्वाचित भएका छन् ।
भूगोल सदस्यतर्फ धनगढी उपमहानगरपालिकाबाट दिपेन्द्र साउद, गोदावरी नगरपालिकाबाट गोकर्ण विष्ट, जोशीपुर गाउँपालिकाबाट खगेन्द्रबहादुर मौनी, गौरीगंगाबाट गणेश कडेल, घोडाघोडी नगरपालिकाबाट सुरेशबहादुर बोगटी तथा चुरे गाउँपालिकाबाट डिलबहादुर भाट विजयी भएका छन् ।
यसैगरी, भजनी नगरपालिकाबाट युवराज चौधरी, जानकी गाउँपालिकाबाट प्रविणबहादुर राणा, टिकापुर नगरपालिकाबाट दीपक साउद, बर्दगोरिया गाउँपालिकाबाट नवीन कुँवर, मोहन्याल गाउँपालिकाबाट कमल बटाला, लम्कीचुहा नगरपालिकाबाट विष्णु शाही तथा कैलारी गाउँपालिकाबाट दिलीप रोका क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक खगेन्द्रराज जोशीका अनुसार पदाधिकारीमा महासचिव पदमा मात्रै मतदान भएको थियो भने सदस्य पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो ।