राष्ट्रपतिद्वारा ३ दिनमा ६ अध्यादेश जारी, २ अध्ययनमै

भर्खरै

काठमाडौं/सरकारले सिफारिस गरेका ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेल ले हालसम्म ६ वटा अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार शनिबार अपराह्न थप ३ वटा अध्यादेश जारी गरिएको हो। सरकारको सिफारिसमा संविधानको धारा ११४(१) अनुसार पछिल्ला तीन दिनभित्र यी अध्यादेशहरू जारी भएका हुन्।
पछिल्ला तीन दिनमा जारी भएका ६ अध्यादेश यस्ता छन्:
१७ वैशाख (बिहीबार):
सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३
सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३
१८ वैशाख (शुक्रबार):
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३
१९ वैशाख (शनिबार):
स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३
विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३
अझै रोकिएका २ अध्यादेश
राष्ट्रपति कार्यालय स्रोतका अनुसार बाँकी २ अध्यादेश भने अध्ययनकै क्रममा छन्:
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश
विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राष्ट्रपति पौडेलले चासो देखाएका छन् र कानुनविद्हरूसँग छलफलसमेत गरिसकेका छन्।
हालसम्म बहुसंख्यक अध्यादेश जारी भए पनि केही संवेदनशील विषयका अध्यादेशमा थप परामर्श र अध्ययन भइरहेको छ, जसले राजनीतिक र संवैधानिक महत्वलाई संकेत गर्छ।