कैलाली क्षेत्र नम्बर ५ मा मनुु शाहको ८ बुँदे प्रतिवद्धता

भर्खरै

धनगढी, २० माघ/नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह ‘मनु’ ले आगामी निर्वाचनका लागि आफ्नो ८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
धनगढीमा आयोजित कार्यक्रममा क्षेत्रीय सभापति भिम पडालले शाहको प्रतिबद्धतापत्र वाचन गर्दै सार्वजनिक गरेका हुन् । कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, स्थानीय बुद्धिजीवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। उम्मेद्वार मनु शाहले कैलाली क्षेत्र नम्बर ५ को समग्र विकासका लागि इमानदार, जवाफदेही र परिणाममुखी भूमिका निर्वाह गर्नुका साथै जनताको अपेक्षा, सुझाव र सल्लाहलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।
प्रमुख प्रतिबद्धताहरू
राष्ट्रिय महत्वका आयोजनाः
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
पश्चिमसेती र पञ्चेश्वर जलविद्युत आयोजना
महाकाली करिडोर, सेती लोकमार्ग, २२० केभी प्रसारण लाइन विस्तार
स्थानीय प्रशासन र भूमि सुधारः
धनगढी उपमहानगरपालिकालाई महानगरपालिका स्तरोन्नति
भूमिहीन, सुकुम्बासी, दलित, मुक्त कमैया र मुक्त हलियाको समस्या समाधान
युवा र सूचना प्रविधिः
आधुनिक सूचना प्रविधि पार्क स्थापना
युवा संवाद र नवप्रवर्तन प्लेटफर्म मार्फत युवाको आवाज नीति निर्माणमा रूपान्तरण
रोजगारी र उद्यमः
सीपमूलक तालिम, व्यवसाय इन्कुवेसन सेन्टर
स्टार्टअप इकोसिस्टम विकास
निजी क्षेत्रसँग सहकार्यमा युवामैत्री रोजगारी नीति निर्माण
स्वास्थ्य सेवाः
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्ण सञ्चालन
सेती प्रादेशिक अस्पताल सुधार
नगर स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको व्यवस्था
२५ शैयाको अस्पताल स्थापना
शिक्षा सुधारः
सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार
डिजिटल कक्षा र विज्ञान प्रयोगशाला
प्रविधिमैत्री शिक्षा प्रवद्र्धन
कृषि र औद्योगिक विकासः
सिँचाइ प्रणाली मर्मत, कृषि पकेट क्षेत्र विकास
उत्पादनको बजारीकरण र अनुदान प्रणाली पारदर्शी बनाउने
औद्योगिक क्षेत्र स्थापना, सार्वजनिक–निजी साझेदारी (एएए) मार्फत रोजगारी सिर्जना
पूर्वाधार, पर्यटन र समावेशी विकासः
डुबान र नदी कटानको दीर्घकालीन समाधान
धनगढी विमानस्थल विस्तार, बसपार्क निर्माण, पक्की पुल/सडक
खानेपानी आयोजना प्राथमिकता
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
थारु/रानाथारु होमस्टे प्रवद्र्धन, जातीय संग्रहालय निर्माण