धनगढी, १९ माघ/धर्म, संस्कृति र पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पु–याएको भन्दै नरेन्द्र शाहलाई सम्मानित गरिएको छ । कैलाली बहुमुखी क्याम्पसले आफ्नो ४५ औं वार्षिकोत्सव तथा खेलकुद सप्ताह–२०८२ को अवसरमा धार्मिक अभियन्ताको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा धर्म, संस्कृति र पर्यटनका क्षेत्रमा उल्लेखनीय योगदान पु–याई कैलाली बहुमुखी क्याम्पसको गौरव र गरिमा बढाएको भन्दै सम्मानित गरिएको हो ।
धनगढी उपमहानगरपालिका–५, हसनपुर निवासी शाह कैलाली बहुमुखी क्याम्पस बीएचएम कार्यक्रम को–अर्डिनेटर हुन् । श्री बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका उपाध्यक्ष समेत रहेका शाह नेपाल, भारत र चीनका गरी १३८ वटा शिवालय, तीर्थस्थल तथा शक्तिपीठको दर्शन गरिसकेका छन् । धार्मिक तथा सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका शाह यस अघि पञ्चोदय उच्च माध्यमिक विद्यालयले आफ्नो ६० औं वार्षिकोत्सवको अवसरमा र कैलाली उद्योग वाणिज्य संघद्धारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव–२०८२ को अवसरमा धार्मिक अभियन्ताका रुपमा सम्मान गरेको थियो ।




