धार्मिक अभियन्ता नरेन्द्र शाह सम्मानित

भर्खरै

धनगढी, १० माघ/धनगढी उपमहानगरपालिका–५, हसनपुर निवासी नरेन्द्र शाह धार्मिक अभियन्ताका रूपमा सम्मानित भएका छन् । पञ्चोदय उच्च माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सवको अवसरमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । शाहले नेपाल, भारत र चीनका गरी १३८ वटा शिवालय, तीर्थस्थल तथा शक्तिपीठको दर्शन गरिसकेका छन् । धार्मिक आस्थाको केन्द्र बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका उपाध्यक्षसमेत रहेका शाह धार्मिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । कैलाली बहुमुखी क्याम्पसमा बीएचएम (BHM) कार्यक्रमका को–अर्डिनेटर रहेका शाह विभिन्न संघ–संस्थामा समेत आवद्ध छन् । यसअघि पनि कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव–२०८२ को अवसरमा शाहलाई धार्मिक अभियन्ताका रूपमा सम्मान गरिएको थियो ।