धनगढी, ८ माघ/परम्परागत स्वाद र आधुनिक पकाउने शैलीको अनुपम संगमसहित धनगढीमा ‘राइनो रोस्यो घर’ भोलीदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ। सरस्वती पूजाको शुभ अवसर पारेर जिल्ला हुलाक कार्यालय अगाडि मकै र कोदोको तन्दुरी रोटीको विशेष स्वादसहित रोस्यो घर शुभारम्भ हुन लागेको हो।
भारतको मुम्बईमा ११ वर्षभन्दा बढी समय काम गरेका अनुभवी तथा दक्ष कुकको प्रत्यक्ष पकाउने शैलीमा तयार हुने मकै–कोदोको तन्दुरी रोटी, मटन र चिकेन कबाबले धनगढीका स्वाद पारखीलाई नयाँ अनुभव दिनेछ। साथै, रोस्यो घरमा स्वादिलो भेज, मटन तथा चिकेन थालीका साथै मेथी, आलु र पनिर पराठाको आकर्षक विकल्प पनि उपलब्ध हुनेछ।
ग्राहकको चाहनाअनुसार मःम, चाउमिन, राइस फ्राई तथा चाइनिज सुपसमेत पस्किने व्यवस्था गरिएको छ। गुणस्तरीय खाना, स्वच्छता र आत्मीय सेवामै केन्द्रित भएर ‘राइनो रोस्यो घर’ सञ्चालनमा ल्याइएको सञ्चालक कृष्ण प्रसाद जोशीले जानकारी दिनुभयो।
होटल व्यवसायमा लामो अनुभव बोकेका जोशीले दिपायलमा पाँच वर्ष तथा धनगढीको सहिद गेटमा ‘राइनो’ नामक होटल सञ्चालन गरिसक्नुभएको छ। “सेवा गर्ने अवसर दिनुहोला, स्वाद र सन्तुष्टिको जिम्मेवारी हाम्रो हो,” उहाँले भन्नुभयो।
स्वाद, गुणस्तर र सेवाको नयाँ गन्तव्यका रूपमा ‘राइनो रोस्यो घर’को उद्घाटन समारोहमा उपस्थित भई परिवार र साथीभाइसँगै विशेष स्वादको अनुभव लिन सबैलाई निमन्त्रणा गरिएको छ।



