कैलाली ५ बाट पूर्व मन्त्री आलेको उम्मेदवारी

भर्खरै

धनगढी, ६ माघ/कैलाली क्षेत्र नम्बर ५ बाट पूर्व मन्त्री प्रेमबहादुर आलेले उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उनले नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेद्वारी दर्ता गराएका हुन् ।
यसअघि एकीकृत समाजवादी पार्टीका तर्फबाट डोटीबाट निर्वाचित भएका आले यस पटक कैलाली क्षेत्र नम्बर ५बाट उम्मेदवार बनेका हुन् ।
डोटीबाट २०६४ सालमा पहिलो संविधान सभाको चुनावमा पराजित भएका आले त्यसपछिका चुनाव डोटीबाट लगातार जित हासिल गर्दै आएका नेता हुन् ।