धनगढी, २५ पुस/करियर स्टेशन पि.एफ.ए. भेन्ट्रान्स कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल भोली (पुस २६) गते हुने भएको छ । पि.एफ.ए. स्पोट्र्स क्लब अत्तरियाको आयोजनामा भइरहेको यो प्रतियोगिता सातौं संस्करण हो ।
फाइनल खेल अनुपमा अलराउण्डर र कैनोडा लायन्सबिच हुदैछ । अत्तरियास्थित सशस्त्र प्रहरी बल खेल मैदानमा हुने प्रतियोगिता दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । प्रपितयोगिताको बिटिभी नेटवर्क र आयोजक पि.एफ.ए. स्पोट्र्स क्लबो फेशबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
गोदावरी नगरपालिका मुख्य प्रवन्धक रहेको प्रतियोगिताको मुख्य प्रायोजक करियर स्टेशन एजुकेशन सर्भिस प्रा.लि. रहेको छ । प्रतियोगिता पुस १५ गतेदेखि सुरु भएको थियो ।



