सुदूरपश्चिम महोत्सवको दोश्रो दिन यी कलाकारहरुको प्रस्तुति रहने

भर्खरै

धनगढी, २३ मंसिर/सुदूरपश्चिम महोत्सव सुरु भएको आज दोश्रो दिन । आयोजक कैलाली उद्योग वाणिज्य संघका अनुसार सुदूरपश्चिम महोत्सवको १९ औं संस्करणको आज दोश्रो दिन प्रताप दास, सहिमा श्रेष्ठ, सम्झना लामिछाने, कृष्ण सिराडी र सुरेश चोखालको प्रस्तुति रहने जनाएको छ ।

महोत्सवमा आज शोभा त्रिपाठी, गुणाकर पनेरु र अनिता डिगामीले उद्घोषण गर्ने जनाइएको छ ।