धनगढी, २२ मंसिर/राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान नेपाल सुदूरपश्चिमको अध्यक्षमा भिम बिष्ट निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न प्रतिष्ठानको सातौं साधारण सभा तथा तेश्रो अधिवेशनबाट बिष्ट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा प्रेम विवश चन्द, प्रथम उपाध्यक्षमा सुरज शाह द्धितिय उपाध्यक्षमा लिलाधर भट्ट र उपाध्यक्ष (महिला) मा सरस्वती दाहाल निर्वाचित भएका छन् । समितिको सचिवमा लोकप्रसाद खनाल, सचिव (महिला) मा सरिता कठायत र कोषाध्यक्षमा नवीन साउँद निर्वाचित भए ।

प्रतिष्ठानको सह–सचिव (मनोनित) प्रभुराज पाण्डे, सह–सचिव (महिला) मा बलबहादुर बोगटी निर्वाचित भएका छन् । यस्तै, सदस्य (महिला) मा शान्ति फुलारा, निर्मला पौडेल, कृष्णा सिराडी निर्वाचित भए । सदस्य (खुला) तर्फ रमेश सिंह भण्डारी, सुरेश चन्द, अनिता बिष्ट, गोपालबहादुर बुढा, भीमबहादुर बिष्ट, गौरी ओझा, गणेश सुनार, डबल ताडी र सुरेन्द्र ताम्राकार निर्वाचित भए ।




