मंसिर २० गते प्रतिष्ठानको साधारण सभा तथा अधिवेशन एवं सांस्कृतिक उत्सव

भर्खरै

धनगढी, १७ मंसिर/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको प्रदेशको सातौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन एवं सांस्कृतिक उत्सव मंसिर २० गते हुने भएको छ । प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गर्दै सातौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन एवं सांस्कृतिक उत्सव मंसिर २० गते धनगढी उपमहानगरपालिका–१, स्थित सुदूरपश्चिमाञ्चल साहित्य समाजको प्राङ्गणमा उद्घाटन हुने जनाएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेशका अध्यक्ष पूर्ण प्रसाद भाटले साधारण सभा तथा तेश्रो अधिवेशनमा एक सय ५० प्रतिनिधिको सहभागिता रहने बताए । अध्यक्ष भाटले साधारण सभा तथा अधिवेशनमा १० लाख खर्च लाग्ने बताए । सुदूरपश्चिममा ७३३ आजिवन सदस्य रहेका छन् ।
उद्घाटन समारोहमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने, ९ वटै जिल्लाका प्रदेश प्रतिनिधि र परिवेक्षकहरुको उपस्थिति रहने, सुदूरपश्चिमका सबै जिल्लाका मौलीक झाँकीहरुको प्रदर्शनी, कलाकारको प्रस्तुति, लोक–बाजाहरुको प्रदर्शनी, विद्यालय तथा क्याम्पसस्तरका विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति, बाल प्रतीभा प्रवद्र्धन, पुस्तक लोकार्पण, चर्चित साहित्यकारका प्रस्तुति रहने अध्यक्ष भाटल बताए ।
बि.स. २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा ४६ हजार साधारण सदस्य रहेका छन् । ३ हजार ७७१ आजिवन सदस्य रहेको प्रतिष्ठानको सात प्रदेश, उपत्यका परिषद्सहित १८ विदेश शाखा रहेका छन् ।