एनपीएल दोश्रो संस्करण : आज विश्राम, भोली पहिलो खेल जनकपुर र कर्णाली तथा दोश्रो खेल पोखरा र कर्णाली याक्सबिच

भर्खरै

धनगढी, १५ मंसिर/दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कुनै खेल तय गरिएको छैन । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै सार्वजनिक गरेको खेल तालिकामा आज (सोमबार) लागि कुनै पनि खेल नराखिएको हो ।
भोली (मंगलबार) भने कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट रंगशालामा दुई खेल हुनेछ । पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । दोश्रो खेल पोखरा एमेन्जर्स र कर्णाली याक्स बिच हुनेछ । दोश्रो खेल दिउँसो ४ बजे हुनेछ ।
हालसम्म सम्पन्न भएका १९ खेलमा सुदूरपश्चिम रोयल्स अपराजित रहेको छ । रोयल्स १० अंकसहित तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफका लागि क्वालिफाइड भइसकेको छ । समान ८–८ अंक भएको काठामाण्डौं गुर्खाज दोश्रो र विराटनगर किङ्स तेश्रो स्थानमा छन् ।
चितवन राईनोज तथा लुम्बिनी लायन्स समान ४ अंकका साथ चौथो र पाँचौ स्थानमा छन् । कर्णाली याक्स छैठौ र पोखरा एमेन्जर्स सातौ स्थानमा छन् । साविकको विजेता जनकपुर बोल्ट्स भने अझै अंक बटुल्न नसकेर तालिकाको अन्तिममा रहेका छन् ।
प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज र लुम्बिनी लायन्स गरेर ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धामा छन् । मंसिर १ गतेदेखि जारी दोश्रो संस्करणको नेपाल प्रिमियर लिगको फाइनल खेल मंसिर २७ गते हुनेछ ।