धनगढी, १० मंसिर/नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करण अन्तर्गत आज विराटनगर किङ्स र चितवन राईनोजबिच आजको खेल हुदैछ । खेल दिउँसो ३ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
उत्कृष्ट फर्ममा रहेको विराटनगर लगातार तीन खेलमा विजय हासिल गर्दै ६अंकसहित तालिकाको दोश्रो स्थानमा रहेको छ । समान अंक भए पनि नेट रनरेटका कारण सुदूरपश्चिम शीर्ष स्थानमा छ । आजको खेलमार्फत विराटनगरले आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्य राखेको छ ।
आजको खेल चितवन राईनोजका लागि महत्पूर्ण छ । दुईमध्ये एक खेल मात्र जित हात पारेको चितवन दोश्रो जीतको खोजीमा हुनेछ । तालिकाको पाँचौ स्थानमा रहेको राईनोजले आज सकारात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रने छ ।



