३४ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज मंसिर ९ गते धनगढीमा –याली निकालिएको छ । ‘प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ धनगढीको ट्राफिक चौराहबाट सुरु भएको –याली जेन्जी मार्ग पुगेर समापन भएको थियो । –याली धनगढी उपमहानगरपालिकाको आयोजनामा निकालिएको हो ।




