एनपीएलमा आज : काठमाण्डु र लुम्बिनी भिड्दै

भर्खरै

धनगढी, ९ मंसिर/नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आज काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्सबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने खेल दिउँसो ४ बजे हुनेछ ।
तीन खेल खेलेको काठमाण्डुले एक खेलमा जित र दुई खेलमा हार व्यहोर्दै दुई अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ । यस्तै, दुई खेल खेलेको लुम्बिनीले एक खेलमा जित निकाल्दै समान दुई अंकसहित तालिकाको छैठौं स्थानमा रहेको छ ।