रोयल सुट हाउसका प्रवन्ध निर्देशक सुरज रैका राष्ट्रिय युवा उद्यमीबाट सम्मानित

भर्खरै

धनगढी, ३० कात्तिक/रोयल सुट हाउस धनगढीका प्रवन्ध निर्देशक सुरज रैका राष्ट्रिय युवा उद्यमी सम्मान–२०८२ बाट सम्मानित हुनुभएको छ । लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ वरिष्ठ युवा उद्यमी सेवामुलक व्यवसायी तथा समाजसेवीका रुपमा निरन्तर सक्रिय रहँदै आएको भन्दै तिलक फिल्मस्ले सम्मानित गरेको हो ।
स्वदेशी उद्योग व्यवसाय मार्फत महत्वपूर्ण योगदान दिदै राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत राष्ट्र विकास र सामाजिक क्षेत्रमा पु–याएको योगदानको कदर गर्दै तिलक फिल्म्स प्रा.लि. ले आफ्नौ नवौं वार्षिकोत्सवको अवसर पारेर रैकालाई सम्मानित गरेको अध्यक्ष दिपक जोशीले बताए । कार्यक्रमका प्रमुख अतिथी गणतान्त्रिक नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झा रहनुभएको थियो ।