धनगढी, ७ भाद्र/विश्व बन्धुत्व दिवसको अवसरमा धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । राजयोगिनी दादी प्रकाशमणिज्यूको १८ औं पुण्य तिथिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
विशाल रक्तदान अभियान–२०२५ मा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, समाज सेवा प्रभाग नेपालले धनगढी उपमहानगरपालिका–१, नेपाल राष्ट्र बैक चोकस्थित शान्ति बाल उद्यानमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रमबाट झण्डै एक सय प्रिन्ट रगत संकलन भएको जनाइएको छ ।



