कक्षा १२ को परीक्षा आजदेखि सुरु : स्मार्ट घडी र मोबाइल लैजान निषेध, सुदूरपश्चिमबाट ५०६५४ विद्यार्थी सहभागी

भर्खरै

धनगढी, २१ वैशाख/क्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा परीक्षाको तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मनाङ (मुस्ताङमा) एक केन्द्र निर्धारण गरिएको छ ।
जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । मनाङरमुस्ताङमा १÷१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।
जेठ २ सम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २ सय ९ जना जनशक्ति खटिनेछन् । नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौंकेन्द्रित सडक आन्दोलनले वैशाख ११ देखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो ।


परीक्षामा सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी सहभागी भएका छन् । जसमध्ये कैलालीमा १९ हजार ९ सय १५ जना परीक्षार्थी सहभागी हुँदै छन । कैलालीमा १ सय ३५ माध्यमिक तहका विद्यालय रहेको कैलालीमा ४७ वटा परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परिक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कैलालीका शाखा अधिकृत रामदत्त भट्टले जानकारी दिए । परीक्षा मर्यादित र व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा १० जना सुरक्षाकर्मीसमेत खटाइसकेको भट्टले जानकारी दिए । परीक्षा बिहान ८ बजेबाट सुरु भएर ११ बजे सकिनेछ ।