धनगढी, १४ वैशाख/कैलालीमा रुखबाट खसेर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ का ४० वर्षीय विष्णु चौधरीको नेपालगंज सेवा नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबारर दिउँसो लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर चौधरी गम्भीर घाइते भएका थिए ।



