धनगढी, १० वैशाख/नेपाल पत्रकार महासंघ कैलालीका सचिव तेजराज भट्टलाई पितृशोक परेको छ । सचिव भट्टका पिता तिलाराम भट्टको ८६ वर्षको उमेरमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बुधबार बिहान निधन भएको हो ।
स्वर्गीय भट्ट केही समययता बिरामी थिए । उनको भारतमा पनि उपचार भएको थियो । स्वर्गीय भट्टको आजै धनगढीस्थित त्रिवेणी आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सचिव भट्ट धनगढी उपमहानगरपालिका–६, जाली निवासी हुन् ।



