धनगढी, १० वैशाख/नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको हो । थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो । सन् २०१३ मा थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान ९महाराजगञ्ज०बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए ।



