धनगढी, १० वैशाख/डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी लगायसहित तीन जनाको मृत्यु भएपनि अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्माले जानकारी दिए ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८ नम्बरको मिनी ट्रक आज बिहान दुर्घटना भएको हो । खाद्यान्नका सामान बोकेको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीको भनाई छ ।



