नेपाल प्रहरीले माग्यो भान्छे र कुचीकार (सूचनासहित)

भर्खरै

धनगढी, ५ वैशाख/नेपाल प्रहरीले प्रहरी कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । शुक्रबार खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नका लागि विज्ञापन खुलाइएको हो । गत मंसिर २१ गते प्रकाशित विज्ञापनमा माग पद संख्या थप गरिएको जारी सुचनामा उल्लेख छ । सूचनामा भान्छेतर्फ ११७ र कुचीकारतर्फ २८ पद माग गरेको छ ।