गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

भर्खरै

कपिलवस्तु, ५ वैशाख/शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका–१ पकडीस्थित निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले बताए ।
राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनको भनाइ उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । घरको कम्पाउन्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई बताएका छन् । गोलीबाट छलिएर आफूलाई कुनै चोटपटक नलागेको उनले बताएका छन् । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको अधिकारीले जनाए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।