धनगढी, ५ वैशाख/कैलालीमा ४ वर्षीय बालकमाथि हँसिया प्रहार गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–५ को देउकलिया बस्ने हरि कडेलको ४ वर्यीय छोरा प्रेममाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार ४ वर्षीय प्रेम आगनमा खेलिरहेको अवस्थामा बाजे नातापर्ने ४० वर्षीय अर्जुन कडेलले पराल र भुषा राखेको कोठामा लगेर गर्धनमा हँसिया प्रहार गरेको हुन् ।
बालकलाई घोडाघोडीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । हँसिया प्रहार गर्ने अर्जुन कडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको प्रहरीको भनाइ रहेको छ ।



