धनगढी, ५ वैशाख/डोटीमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बडीकेदार गाउँपालिका–२ बर्छैन बस्ने तपन सार्कीको छोरा अन्दाजी २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको प्रहरी चौकी खड्यौलीका प्रमुख विरादत्त पन्तले बताए ।
बिहिबार दिउसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाको किनारमा शिकार खेल्ने क्रममा बडीकेदार गाउँपालिका–१ रजेडका ४८ वर्षीय कमलसिँह खड्काले बोकेको भरुवा बन्दुक पड्किदा नरेश सार्कीको दायाँ छातिमा गोली लागी घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा कमलसिंह खड्का र सोही ठाउँ बस्ने २६ वर्षीय खेम खड्का, ५२ वर्षीय तारासिंह खड्का तथा बडिकेदार गाउँपालिका–२ बर्छेन बस्ने ३९ वर्षीय तेजेन्द्र भाट, ४० वर्षीय अम्मर शाह, ३१ वर्षीय चक्र भाट, १८ वर्षीय सुनिल बम, ३७ वर्षीय गणेश घर्तीमगर, ७१ वर्षीय मानबहादुर शाह, वडा नम्बर २ गर्भुजा बस्ने २६ वर्षीय जुलेश नामजाली मगरलाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले बताए । थप अनुसन्धान भइरहेको उनले बताए ।



