स्वाद उत्सवमा नेपाली मौलिक खाना निःशुल्क

भर्खरै

धनगढी, २२ चैत/होटल पौवाले स्थापनाको ९ औं वार्षिकोत्सवको अवसर पारेर स्वाद उत्सव मनाउने भएको छ । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै होटल पौवाले चैत २५ देखि २९ गतेसम्म सबै शाखामा स्वाद उत्सव मनाउने र नेपाली संस्कृृति झल्किने मौलिक खाना निशुल्क खुवाउने जनाएको छ । होटल पौवाको देशभरका शाखाहरुमा एकसाथ स्वाद उत्सवमा मनाउने जनाइएको छ । सबै अतिथीहरुलाई पौवामा आएर खानाको स्वाद लिन पौवाले आग्रह गरेको छ । ९ वर्षअघि लुम्बिनीबाट पहिलो यात्रा सुरु गरेको होटल पौवाको १८ शाखा रहेका छन् । नेपाली संस्कृति र संस्कार एवम् नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको जनाइएको छ ।