बिभिन्न क्षेत्रमा योगदान पुगाउने ६ जना सम्माति

भर्खरै

धनगढी, २८ फागुन/११५ औं अन्तराष्ट्रिय नारी दिवसको अबसरमा  ‘सौराइ नारी सम्मान–२०८१’ बाट ६ जना सम्मानित भएका छन् । शिक्षातर्फ शान्ति भट्ट, स्वास्थ्यतर्फ सुलोचना अधिकारी, पत्रकारितातर्फ शारदा फुलारा, व्यवसायीतर्फ निर्मला सिंह, कलातर्फ सुशिला कार्की र समाज सेवातर्फ लक्ष्मीकुमारी बोगटी सम्मानित भएका हुन् । दोसल्ला र नगदसहित सबै जनलाई सम्मान गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सम्मानित हुनेहरुलाई सम्मानित गर्नुभयो ।
सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व भएको बताउनुभयो । मन्त्री खड्काले स्थानीय, प्रदेश र संघ सरकारमा महिलाको प्रतिनिधित्व भएको बताउँदै उनीहरुले महिलाको पक्षमा काम गरेको नगरेको हेर्नुपर्ने र यदि नगरेको भए महिलाहरुले खबरदारी गर्नुपर्ने बताउनुभयो ।
सौराई स्क्वायरले विगत तीन वर्षदेखि समाजमा उत्कृष्ट काम गर्ने महिलालाई सम्मान गर्दै आइरहेको छ । सौराई स्क्वायरका अध्यक्ष उमेश बिक्रम शाहले समाजमा बिभिन्न क्षेत्रमा योगदान पुगाउने महिलाहरुलाई उनीहरुको कामको उच्च मूल्यांकन गर्दै हौसला बढोस भनेर सम्मान गरिदै आएको बताउनुभयो ।
सौराई स्क्वायरका अध्यक्ष उमेश बिक्रम शाहको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाह, महासचिव शिवराज भट्ट बिशिष्ट अतिथी रहनुभएको थियो । प्रकाश छेदालले सञ्चालन गर्नुभएको कार्यक्रममा पत्रकार, बिभिन्न क्षेत्रमा कार्यरत महिलाहरुको उपस्थिती रहेको थियो ।