धनगढी, कार्तिक २३ । कैलालीको धनगढीबाट लागुऔषध चरेशसहित एक वृद्ध पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १५ बेलीबाट चरेशसहित सोही ठाउँ बस्ने वर्ष ७६ को राईभान खडायतलाई बिहीबार साँझ पक्राउ परेको हो ।
प्रहरीले उनको साथबाट २४४ ग्राम ७८० मिलिग्राम चरेश बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।



