अत्तरियामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

भर्खरै

धनगढी, ३० असार/कैलालीको अत्तरियामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–१ निवासी २० वर्षीय राजेश धामी रहेका छन्। उनलाई सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकबाट जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार धामीले असार २४ गते ती बालिकालाई घरबाट अत्तरिया बोलाई होटलमा राखेर जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।