इटहरीमा विद्युत कार्यालयको भ्यान दुर्घटना : २ जनाको मृत्यु, १ घाइते

भर्खरै

इटहरी/सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
गएराति कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १ ञ १६५१ नम्बरको भ्यान आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक धरान उपमहानगरपालिका–१३ का ३२ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
भ्यानमा सवार धरान उपमहानगरपालिका–२० का ३२ वर्षीय पवन राई घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।