धनगढी, २५ चैत/धनगढी–मोहना ६ लेन सडकखण्ड अन्तर्गत बोराडाँडी–यातायात कार्यालय सडकको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बोराडाँडीको शून्य विन्दुमा रहेको एयरबन इन्टरनेशल प्रा.लि.धनगढी शाखा कार्यालय सञ्चालनमा ल्याइएको छ । ‘तपाईको भविश्य यहाँबाट सुरु’ अध्ययन र कामका लागि जापान मुख्य स्लोगन रहेको एयरबनले अध्ययन र कामका लागि जापान जानेलाई आवश्यक सहयोग गर्नका लागि धनगढी शाखा सञ्चालनमा ल्याएको हो । बिगत १५ वर्षदेखि जापान बस्दै आउनुभएका सूर्य प्रकाश भट्टले सुदूरपश्चिमबाट अध्ययन र कामका लागि जापान जान चाहने युवाहरुलाई सहयोग गर्ने उदेश्यले धनगढी शाखा कार्यालय सञ्चालनमा ल्याएको बताउनुभयो ।

धनगढी शाखाको नेपाली काँग्रेस क्षेत्रिय सभापति भिम पडाल, वडा नम्बर ४ का अध्यक्ष बुद्धि खड्का र वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस क्षेत्रिय सभापति भिम पडालले १५ वर्षदेखि जापानमा बस्दै आएको र त्यहाँको बिबिध विषयमा जानकार व्यक्तिले सञ्चालनमा ल्याएको एयरबन इन्टरनेशले सुरक्षित ढंगबाट सबै सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मुख्य कार्यालय जापानको कागावामा रहेको एयरबन इन्टरनेशले जापानमा अध्ययन र कामका लागि जानेहरुलाई सन् २०११ देखि सहयोग गर्दै आएको छ । कार्यालयको उद्घाटन समारोहमा वडा नम्बर ४ का अध्यक्ष बुद्धि खड्का र कैलाली होटल व्यवसायी संघका अध्यक्ष केशवदत्त पाण्डेले शुभकामना दिनुभयो ।




