धनगढी, २३ चैत/सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा सिआरओ एण्ड पिजी मिट–२०८१ भएको छ । कार्यक्रममा प्रथम भएको एसएस अटो वर्कसप, दृतिय भएको टू स्टप अटो पाट्र्स र तेश्रो भएको उग्रतारा ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरलाई सम्मानित गरिएको छ । सुजुकी गाडीको स्पेयर्स पार्र्टको आधिकारीक विक्रेता हाइटेक ट्रेडर्सले आयोजना गरेको कार्यक्रममा यहाँका अटोमोबाइल्स डिलर्सका सञ्चालकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा आयोजकले खुला भारतीय सिमानाकाबाट अवैध रुपमा कमसल पाट्र्सहरु आउँदा ती गुणस्तर नहुने हुँदा आधाकारीक डिलरबाट पाट्र्सहरु खरिद गर्न आग्रह गरेको छ । नेपालबाट स्पेयर्स पार्ट खरिद गर्दा गुणस्तरीय सामान पाइने र राज्यलाई राजश्व उठ्ने बताइएको छ । कार्यक्रममा सुजुकीका रिटेलरहरुलाई सुजुकीको स्पेयर्स पार्टको बारेमा जानकारी गराइएको थियो ।
काठमाण्डौँ सहर



