धनगढी, १५ माघ/धनगढी लेडी जेसीजको ११ औं पदस्थापन समारोह तथा पुरस्कार वितरण समारोह भएको छ । धनगढी लेडी जेसीजकी वर्ष २०२४ की अध्यक्ष प्रिया खड्काले वर्ष २०२५ की नवनिर्वाचित अध्यक्ष संगीता न्यौपाने शाहलाई समारोहमा अध्यक्ष पदको चैन हस्तान्तरण गनुभयो ।

वर्ष २०२४ की अध्यक्ष प्रिया खड्काको अध्य्क्षतामा भएको कार्यमक्रम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा सूदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डाक्टर टीएन जोशी, धनगढी जेसीएसका अध्यक्ष लोकराज भट्ट धनगढी जेसिजका पूर्व अध्यक्षहरूको उपस्थिती रहेको थियो ।



