नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

भर्खरै

काठमाडौं, असोज ३ । यही असोज १२ हुने भनिएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ ।

महासंघले विभिन्न संघसंगठनका अध्यक्षसँग गरेको छलफलपछि बिहीबार यस्तो निर्णय लिएको हो । १२ गते निर्वाचन गर्नका निम्ति सार्वजनिक गरिएको सदस्यताप्रति आपत्ति जनाउँदै ५६ जिल्ला शाखाका अध्यक्षले आपत्ति जनाएका थिए ।

महासंघले बिहीबार विभिन्न संघसंगठनका अध्यक्षसहितको बैठकमा ती जिल्ला शाखालाई १२ गतेको निर्वाचन गर्ने विषयमा सहजीकरणका निम्ति अनुरोध गरेपनि कसैले जिम्मेवारी नलिएपछि निर्वाचन स्थगित गरिएको बताइएको छ ।

बैठकमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्चका महासचिव अवदेश झासहितको उपस्थिति थियो ।