काठमाडौं । राजधानीको दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कुटिएका छन् ।
दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती बालेनको पक्षमा नारा लगाउने युवकलाई अर्को समूहले कुटपिट गरेको हो ।
प्रत्यक्षदर्शीले ती युवकलाई करिव पाँच जना युवाको समुहले कुटपिट गरेको बताएका छन् । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन ।
संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठूलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् ।



