राउटे युवा बृषबहादुर शाहीको मृत्यु

भर्खरै

दैलेख, असोज ३ । राउटे समुदायका एक युवा बृषबहादुर शाहीको मृत्यु भएको छ ।

गएको भदौं ३१ गते उपचारका लागि कर्णाली प्रादेशिक अस्पतालमा भर्ना भएका २२ वर्षीय शाहीलाई त्यहाँ उपचार हुन नसकेपछि राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका –१ सिमेलसाल फर्किदै गर्दा बाटोमै मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्य कर्मी विनोद विसी बताए ।

उनका अनुसार राउटे युवा ६ महिनादेखि विरामी थिए । सम्झाई बुझाई गर्दा बल्ल गएको भदौं ३१ मा उपचार गर्न सहमति जनाएपछि उनलाई गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा चेकजाँच गर्दा क्षयरोग देखिएको थियो ।
डा
मृतक युवा कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साँईला सन्तान हुन् । यस अघि मृतकका दाजु कपिल शाहीको ६ बर्ष अघि आगोमा पोलिएर मृत्यु भएको थियो । मृतक वृषबहादुर शाहीको मृत्युुसँगै राउटेको जनसंख्या घटेर १३४ झरेको छ ।

हाल यो समुदाय गुराँस गाउँपालिका–१ को सिमेसालमा बसोबास गरिरहेका छन् । यो समुदायमा मान्छे मर्ने वित्तिकै ठाउँ छोडेर अर्को ठाउँमा बसाई सर्नुपर्छ ।