धनगढी, असोज ३ । कैलालीको धनगढीस्थित मायामेट्रो हस्पिटलमा कार्यरत वरिष्ठ न्यूरो सर्जन डाक्टर हरी पौडेल राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्याभूषण पदबाट विभूषित भएका छन् ।
न्यूरो सर्जरी विषयमा एमसिएच गरी नेपाल विद्याभुषण (क) प्राप्त गर्दै डा. पौडेल नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत् राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विभूषित भएका हुन् ।
देशभरिमा विद्याभूषण (क) प्राप्त गर्ने २६४ जनामध्ये डा. पौडेलले पनि विद्याभूषण÷विद्यापदक प्राप्त गरेका हुन् ।



