कांग्रेसको मानव अधिकार विभाग विस्तार, कञ्चनपुरका पाण्डेसहित १० जना थपिए

भर्खरै

काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानव अधिकार विभाग विस्तार गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेको नेपाली कांग्रेस मानव अधिकार विभाग विस्तार गरेका हुन् ।

समितिमा सञ्चनपुरका पुष्पराज पाण्डेसहित १० जनालाई मनोनित गरिएको छ । समितिमा झापाका सर्मिला अधिकारी, धनकुटाका दुर्गाबहादुर सुवेदी, लमजुङका डा वासुदेव गिरी, बाराका कृष्ण चौधरी चयन भएका छन् ।

त्यसैगरि काठमाडौंका रोहित पौडेल, मकवानपुरका रामकृष्ण प्रजा कास्कीका माया बराल, रोल्पाका मोहन परियार र जाजरकोटका चन्द्रप्रकाश अधिकारी चयन भएका छन् ।